Logo
२ जेष्ठ २०८१, बुधबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र प्रचण्डलाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओली र प्रचण्डलाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर आएको बताएका छन् । एमाले सञ्चार इलाका कमिटीले आइतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा भट्टराईले भने, ‘ओली र प्रचण्डले आफूले गर्न सक्ने योगदान दिनुभयो,माधव नेपाल,झलनाथ खनाल र बामदेव गौतमहरुले पनि जति योगदन दिनुपर्ने हो दिइसक्नुभएको छ,अब उहाँहरुले अवकाश लिँदा हुन्छ ।’

पार्टी एकता सम्पन्न गरेपछि दुवै नेताले नेल्सन मण्डेल जस्तै सर्वमान्य बन्ने गरि पार्टीको कार्यकारी भूमिकबाट विदा लिनु उपयुक्त हुने उनको सुझाव छ । पार्टी एकता भएपछि प्रचण्ड र ओलीसहितका पहिलो पुस्ताका नेताहरुको शत प्रतिशत अंक पुग्ने भट्टराईले बताए । उनले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरे ।

एमाले प्रचार बिभाग प्रमुख समेत रहेका भट्टराईले चुनाव हारिसक्दा पनि कांग्रेस र शेरवहादुर देउवाले सत्ता नछाड्ने नकच्चरो प्रवृति देखाएको आरोप लगाए । उनले अब ५० वर्ष कांग्रेस सत्तामा नआउने दावी समेत गरे ।

भट्टराईले भने-वंशजका शासकले अन्तिममा जसरी चुरीफुरी देखाउछन्,अहिले शेरवहादुर देउवाले त्यस्तै शैली देखाएका छन् । कांग्रेस अब ५० वर्षसम्म सत्तामा आउन सक्दैन,त्यसैले नकच्चरो बनेर सत्ता लम्ब्याउन खोज्दैछन् ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्