Logo
२३ बैशाख २०८१, आईतबार
(December 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको १२ प्रदेशसभा सांसद तर को हुन् अन्जु र डिम्पल ?

काठमाडौं : केन्द्रिय कार्यालयमा सहमती हुन नसकेपछि कुनै गोप्य सथानमा अध्यक्ष मण्डलले तय गरेको समानुपातिक सुचि राष्ट्रिय जनता पार्टी (राजपा)ले निर्वाचन आयोगमा सिफारिस गरेको छ । राजपाले पाएको १२ जना समानुपातिक प्रदेशसभा सदस्यका लागि नाम तय गर्न नेताहरुलाई निकै सकस भोग्नुपरेको थियो ।

अध्यक्ष मण्डलहरुको बैठकले प्रदेश २ का १०, प्रदेश ५ र ७ का एक(एक सदस्य छनोट गरेको हो । प्रदेश २ मा सात महिला र तीन पुरुष सिफारिस भएका छन् । अध्यक्ष मण्डलका सदस्यहरुको भागवण्डाका आधारमा समानुपातिक सदस्य चयन भएको एक नेताले बताए ।

को हुन् अंजु र डिम्पल ? 
राजपाबाट सिफारिस भएका नमावली मध्ये यत्ति बेला सबै भन्दा बढी चर्चा अंजुकुमारी र डिम्पल झाको रहेको छ । समाजिक संजालमा यी दुई नाम सहित राजपाले निकै आलोचना खेप्नु परेको छ ।

अन्जुकुमारीलाई राजपा नेता राजेन्द्र महतोकी छोरी भन्दै उडाइएको छ । जवकी उनको पुरा नाम अन्जुकुमारी यादव हो तर उनको नागरिक्तामा भने उनको नाम मात्र अन्जु कुमारी रहेको छ । उनी पेशाले चिक्त्सिक हुन् उनी पर्साकी हुन् ।

त्यस्तै राजपा नेता अनिलकुमार झाकी पत्नी डिम्पल झा पनि प्रदेशसभा सदस्य बनेकी छन् । उनी पूर्व सभासद पनि हुन् । उनी झाको कोटामा परेकी हुन् ।

राजपाले सिफारिस गरेको नामावली :

प्रदेश नं ५
१ अब्दुल क़ादिर शेख़

प्रदेश नं ७
१ सुनिता चौधरी

प्रदेश नं. २

१. बविता चौधरी – महोत्तरी – शहिद परिवार
२. निलम देवी भुमिहारिन – सर्लाही
३ अन्जु कुमारी यादव – पर्सा
४ पुनम यादव – सप्तरी
५ विभा ठाकुर – धनुषा
६ डिम्पल झा – रौतहट
७ राम नरेश राय – सर्लाही
८ जानकी शरण साह – महोत्तरी
९. राम प्रवेश बैठा – सर्लाही
१० लैला खातुन – सर्लाही

 

प्रकाशित मिति: Dec 30, 2017

प्रतिक्रिया दिनुहोस्