Logo
२७ बैशाख २०८१, बिहीबार
(December 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् नेपाली कांग्रेसका प्रदेशसभा सांसद् (सूचीसहित)

काठमाडौं : चरम विवाद र सकसबीच नेपाली कांग्रेसले प्रदेशसभाका लागि समानुपातिक सुचि सिफारिस गरेको छ ।कांग्रेसले प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १ मा १३, २ मा ११, ३ मा १४ र ४ मा ९ स्थान हासिल गरेको थियो । त्यसैगरी प्रदेश ५ मा १२, ६ मा ५ र प्रदेश ७ मा ८ स्थान हासिल गरेको थियो । निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक सांसदको नाम बुझाउन शुक्रबारसम्मको समयसीमा तोकेको थियो । कांग्रेसले नाम बुझाउने अन्तिम दिन प्रदेशसभातर्फका ७२ सांसद् छानेर आयोगलाई बुझाएको हो ।

प्रदेश १ मा १३ स्थान पाएको कांग्रेसले प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बालाई सांसद् बनाएको छ । त्यसैगरी ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिताकुमारी चौधरी, टेकचन्द्र विश्वास, ओम सराबगी र अनिताकुमारी साबूले पनि १ नम्बर प्रदेशको सांसद् हुने सौभाग्य पाएका छन् ।

प्रदेश २ मा कांग्रेसले ११ जनाको नाम सिफारिस गरेर पठाएको छ । शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मञ्जुकुमारी यादव र असियादेवी थरुनीको नाम कांग्रेसले सिफारिस गरेर पठाएको हो । त्यसैगरी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली र सल्मा खातुनको नाम पनि प्रदेश २ सांसदमा परेको छ ।

प्रदेश ३ मा मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल र विजया श्रेष्ठले बाजी मारेका छन् । रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा र कल्पना नेपालीले पनि सांसद् हुने सौभाग्य पाएका छन् ।

प्रदेश ४ मा ९ सिट हासिल गरेको कांग्रेसले मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा र कोपिला बोहरालाई स्थान दिएको छ ।

प्रदेश ५ मा बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रुन्धावती दुबेलाई छानेको कांग्रेसले जनाएको छ । अर्जुनकुमार श्रेष्ठ, रिना विक, सूर्यमति उपाध्याय, याकुब अन्सारी पनि प्रदेश ५ बाटै सांसद् बन्न सफल भएका छन् ।

प्रदेश ६ मा कांग्रेसले ५ सिट हासिल गरेको छ । यहाँबाट अब यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दीनबन्धु श्रेष्ठ र झोवा विकले प्रतिनिधित्व गर्नेछन् ।

प्रदेश ७ मा गोविन्द बोहरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बिकुमारी थापा र उमा वादीले अवसर पाएका छन् । श्यामला राना, कुमारीनन्द बम, टेकबहादुर रैका प्रदेश ७ बाटै अवसर पाउने थप अनुहार हुन् ।

प्रकाशित मिति: Dec 30, 2017

प्रतिक्रिया दिनुहोस्