Logo
५ जेष्ठ २०८१, शनिबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ममाथी लागेको आरोपको छानबिन होस् : सिरोहिया

काठमाडौँ : कान्तिपुरका डिया ग्रुपका संचालक तथा उद्यौमी कैलास सिरोहियाले व्यापारी अजेयराज सुमार्गीले आफू विरुद्ध बिभिन्न लाञ्छना लगाउदै बदनाम गर्ने षडयन्त्र थालेको बताएका छन् । व्यापारी सुमार्गीका शंकास्पद आर्थिक कारोबारसम्बन्धी समाचार कान्तिपुरमा प्रकाशित भएपछि उनले त्यस मामिलालाई विषयान्तर गर्न आफू असुरक्षित रहेको जिकिर गर्दै सञ्चार माध्यमविरुद्ध लाञ्छना लगाएको उनले बताएका छन् ।

‘मैले सुमार्गीलाई करिब तीन वर्षदेखि देखेको पनि छैन । मैले उनलाई धम्की दिएको हो भने कुन माध्यमबाट कहाँ–कसरी दिएँ भन्ने आधार पनि होला नि, प्रशासनले त्यसको निष्पक्ष छानबिन गर्नुपर्‍यो,’ सिरोहियाले भने, ‘त्यो प्रमाणित भएन भने मलाई बदनाम गर्न खोज्ने र व्यावसायिक सञ्चारगृहविरुद्ध आधारहीन लाञ्छना लगाउने व्यक्तिविरुद्ध कारबाही हुनुपर्छ ।’

सुमार्गीले विदेशबाट ल्याएको र पुन: ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम ‘अवैध रहेको’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यससम्बन्धी समाचार कान्तिपुरमा प्रकाशित भएकोमा उनले आफूमाथि बदनियतले गालीगलौज गरेको केएमजीका अध्यक्ष सिरोहियाले उल्लेख गरे ।

काठमाडौंका प्रजिअ केदारनाथ शर्माले मंगलबार दर्ता गरिएको निवेदनमुताबिक सुमार्गीमाथि ‘सुरक्षा थ्रेट हो/होइन, हेरिदिन’ महानगरीय प्रहरी परिसर काठमाडौंलाई लेखिपठाएको जानकारी दिए । सुमार्गीले नेपालमै अवैध तरिकाले आर्जन गरिएको रकम विदेश लैजाने र त्यसैलाई विदेशी लगानी भन्दै नेपाल भित्र्याएर ‘ह्वाइट मनी’ बनाउने गरेको सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्