Logo
२३ बैशाख २०८१, आईतबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिर्गौला उपचारमा सहयोग गर्न पत्रकार मायाको अपिल

काठमाडाै‌ : दुवै मिर्गौला खराव भएर उपचार गराईरहेकी झापाकी पत्रकार माया पकुवालले आर्थिक सहयोगको अपिल गरेकी छन् । पकुवाल मिर्गौला प्रत्यारोपणका लागि बुधबार भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा गएकी छन् ।झापाबाट प्रकाशित हुने बरुण साप्ताहिककी सम्पादक माया पकुवालले उपचारमा आर्थिक समस्या भएपछि सहयोगका लागि अपिल गरेकी हुन्।

पकुवाललाई उनका जेठाजु सौरभ प्रधानले एउटा मिर्गौला दिएका छन्। पन्ध्र वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आएकी ४६ वर्षीया पकुवालको मिर्गौलामा गत वैशाखदेखि समस्या आएको उनका श्रीमान सञ्जय श्रेष्ठले जानकारी दिए । टाउको दुख्ने र रिँगटा चल्ने समस्या आएपछि गएको वैशाखमा पकुवाल धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचारका लागि पुग्दा चिकित्सकले मिर्गौलामा समस्या देखिएको जानकारी गराएका थिए ।

औषधिले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकले मायालाई मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको श्रीमान सञ्जयले बताए । चिकित्सकको सल्लाहबमोजिम नै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि उनी गएकी हुन् । हालसम्म पाँच लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको मायाका परिवारजनले बताएका छन्। उनको उपचारमा १२ लाख खर्च लाग्ने श्रीमान सञ्जयले बताए ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्