Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शितलहर प्रभावित जिल्लामा जोखिम कम गर्न निर्देशन

काठमाडौं : शितलहर प्रभावित जिल्लामा जोखिम कम गर्न निर्देशन सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले तराई तथा भित्री मधेशका जिल्लामा शीतलहर बढ्न थालेपछि स्थानीय तहसँग तुरुन्तै समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

शीतलहरबाट उत्पन्न हुने मानवीय जोखिम कम गर्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृहका एक उच्च अधिकारीले जानकारी दिए ।

निर्देशनमा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत साधनको पूर्व प्रबन्ध गरी शीतलहर प्रभावित परिवारमाझ पु-याउन र उद्दार तथा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित विषयगत मन्त्रालय तथा मातहतका विभाग, जिल्ला विपद व्यवस्थापन समितिहरु, जिल्ला प्रशासन कार्यालय, स्थानीय विपद व्यवस्थापन समितिलगायतका मानवीय सहायतामा काम गर्ने निकायहरुले विभिन्न किसिमका व्यवस्थाहरु मिलाउनु भनि गृहले निर्देशन दिएको छ ।

गृह मन्त्रालयले शीतलहरबाट प्रभावित हुनुअघि नै त्यस्ता जिल्लामा विपद व्यवस्थापन समितिको बैठक बसी पूर्व तयारी गर्न मन्त्रालयले निर्देशन दिएको बुझिएको छ ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्