Logo
९ जेष्ठ २०८१, बुधबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिशूली र बेत्रगंगाको संगमस्थल उत्तरगयामा श्राद्ध गर्नेको घुईँचो

राधा ज्ञवाली, नुवाकोट : नुवाकोट र रसुवाको सीमाना बेत्रावती उत्तरगायामा पुसे औंसीको अवसरमा सोमबार हजारौंले श्राद्ध गरेका छन् । दुई औंसी परेका कारण आइतबार र सोमबार यहाँ श्राद्ध गर्नेको घुईँचो लागेको हो । देवता र दानवले समुन्द्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पुसेकृष्ण औंसीका दिन सबै देवता र मृतात्माहरुको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो ।

पौषकृष्ण औंशीका दिन बेत्रावतीमा आई पितृहरुलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृहरु मोक्ष हुन्छ भन्ने बिश्वासले भक्तजनहरुको भीड लाग्ले गर्छ । त्रिशूली र बेत्रगंगा नदीको संगमस्थल त्रावतीलाई उत्तरगया तीर्थको नामले चिनिन्छ ।यहाँको श्राद्धको महत्व अहिले आएर मात्र होइन हजारौं वर्ष पहिले ऋषि महर्षिको पालादेखि नै पुसे औंसीमा श्राद्ध गर्ने परम्परा चलेको स्थानीय शिक्षक गणेश लामिछानेले बताए ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्