Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्णकला र लालबहादुरले मायामा धोका पाएसी (हेर्नुुस् भिडियो)

रोशन पोखरेल, काठमाडौं :  प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा लाल बहादुर रोकायको पहिलो लोकदोहोरी कोशेली “ मायामा धोका पाएसी ” भखरै मात्र बजारमा आएको छ । पुर्ण कला विसी र लाल बहादुर रोकायको सुमधुर आवाज “ मायामा धोका पाएसी ” गितमा रहेको छ ।

आफ्नी प्रेमिका अर्कैले लगेपछि प्रेमिकालाई आफुलाई दोष लगाएर जाने आफनी पुर्व प्रेमीकालाई विरहको भावमा गितमा गायकले फकाउन कोसिस गरेका छन । जिवनका विभिन्न कालखण्डमा हुने प्रेम र विछोडको अवस्थालाई गितमा चित्रण गरिएको छ । आफुले जिवनमा सवैभन्दा बढी प्रेममा समपर्ण गरेको मान्छेले आफुले दोष लगाएर लाग्दा कस्को पो मन नरोला र ।

आफूलाई बिर्सन कठिन भएको कुरा गायिका पुर्ण कलाले बताएकी छन । इन्द्र दाहाल शिशिरको शब्द तथा संगित संयोजनमा तयार पारिएको भिडियोमा विछोडको अवस्थालाई चित्रण गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन , अभिनास डिसीको सम्पादन , र इन्द्र दाहाल शिशिर, आशा खड्का , अनमोलको अभिनय “ मायामा धोका पाएसी ”मा रहेको छ । भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्