Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२१ हजार मतान्तरले रेशम चौधरी निर्वाचित

काठमाडाै‌ : राजपा नेपालका उम्मेदवार रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रतिस्पर्धीभन्दा झण्डै २१ हजार मतको फराकिलो अन्तरले चौधरी निर्वाचित भएका हुन् ।

सांसद निर्वाचित हुने चौधरी कैलाली घटनाका आरोपी हुन् । उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । चौधरीले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

चौधरीले ३४ हजार ३४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाहले १३ हजार ४०६ मत प्राप्त गरेकी छन् । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

उक्त घटनाका मुख्य अभियुक्त चौधरी भएको प्रहरीको निष्कर्ष छ । चौधरीले भने घटनामा आफ्नो कुनै हात नरहेको दावी गर्दै आएका छन् ।

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्