Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधानमा हस्ताक्षर नगरेका प्रदीप गिरी सिराहाबाट विजयी

सिरहा : कांग्रेस नेता तथा सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप गिरी विजयी भएका छन् । वाम गठबन्धनका एमाले उम्मेदवार गंगा प्रसाद यादवलाई पराजित गर्दै गिरी विजयी भएका हुन् ।

गिरीले २३९५१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले २१३७१ मत ल्याए । उनी मधेशीको अधिकारलाई सम्बोधन नगरिएको भन्दै नयाँ संविधान निर्माण भइरहदा त्यसमा हस्ताक्षर गरेका थिएनन् । यस कदमपछि उनी तराई मधेशमा झन लोकप्रिय बनेका थिए ।

 

प्रकाशित मिति: Dec 11, 2017

प्रतिक्रिया दिनुहोस्