Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्लुसिएल च्याम्पियनसिप : युएईसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपालले बुधवार युएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल आबुधावीको शेख जायेद रंगशालामा नेपाली समयअनुसार सवा ११ बजेदेखि सुरु हुनेछ। डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।

नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि दुई अभ्यास खेल खेलेको थियो। अमेरिकासँगको पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो अभ्यास खेलमा नेपालले केन्यालाई ६ विकेटले जितेको थियो।

नेपाल र युएईबीच झन्डै साढे ३ वर्षपछि एकदिवसीय खेलमा प्रतिस्पर्धा हुन लागेको हो। पछिल्लो पटक नेपाल र युएईबीच मे २०१४ मा प्रतिस्पर्धा भएको थियो। एसिसी प्रिमियर लिगमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको थियो। जनवरी २०१४ मा भएको आइसिसी विश्वकप छनोटमा भने युएईले नेपाललाई १ सय २ रनले हराएको थियो।

डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष ४ भित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ।

नेपाली टिम – पारस खड्का ९कप्तान०, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दिलीप नाथ र शक्ति गौचन।

वैकल्पिक खेलाडी– कुशल भुर्तेल, अनिलकुमार साह, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी।

प्रकाशित मिति: Dec 6, 2017

प्रतिक्रिया दिनुहोस्