Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

UAE मा अमेरिकासँग नेपाल पाँच विकेटले पराजित

काठमाडौं : यूएईको अबुधाबीमा शुक्रबार भएको अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको ९० रनको लक्ष्य झिनो लक्ष्य पछ्याउने क्रममा अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो। अमेरिकाका सयाद अब्दुल्लाले सर्बाधिक ४४ तथा रोय सिल्भाले २५ रन जोडे । नेपालका सोमपाल कामी र सागर पुनले समान २–२ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३६.१ ओभरमा सवै विकेट गुमाएर ८९ रनमा समेटिएको थियो ।

नेपालका लागि कुनैपनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई आराम दिइएको खेलमा बसन्त रेग्मीले जोडेको २१ रन नेपालको सर्बाधिक स्कोर रह्यो ।

उनीसँगै दीलिप नाथले १६, दीपेन्द्र सिंह ऐरीले १२ कुशल भुर्तेलले १० तथा सागर पुनले ९ रन मात्रै जोड्न सके।अनिलकुमार साह र शरद भेषावकर शुन्य रनमा आउट भएको खेलमा सोमपाल कामी, सन्दीप लामिछाने र ललितसिंह भण्डारीले एक रन मात्रै जोड्न सके।

अमेरिकाका जपेन पटेलले ४, रोय सिल्भा र नास्थुस केन्जीगीले समान २ विकेट लिए । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएर्इसँगको अन्तिम चरणको खेल खेल्न नेपाली टोली हाल यूएर्इमा रहेको छ।

यूएर्इ विरुद्धको खेल अघि नेपालले अमेरिका र केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। नेपालले केन्यासँग पर्सि अाइतबार खेल्नेछ ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्