Logo
७ जेष्ठ २०८१, सोमबार
(November 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काङ्ग्रेसले निधिको उम्मेदवारी फिर्ता लिए लोकतान्त्रिक गठबंधन अझै सम्भव छ : उपेन्द्र यादव

राज मेहता, काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेसकै घमण्डका कारण लोकतान्त्रिक गठबंधन बन्न नसकेको बताएका छन् ।

नागरीक टाइमसंग कुराकानी गर्दै यादवले धनुषा-३ मा काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिए अझैपनि लोकतान्त्रिक गठबंधन संभव रहेको बताए ।

फोराम-राजपा गठबंधनका तर्फबाट बाट सप्तरी २ बाट उम्मेदवार समेत रहेका यादवले काङ्ग्रेस अझैपनि गठबंधनका लागी प्रायास गरिरहेको बताए ।

धनुषा ३ मा काङ्ग्रेसले फोरम-राजपालाई समर्थन गरे गठबन्धन अझैपनि संभव रहेको बताए ।

“धनुषा-३ मा राजपा नेता राजेन्द्र महतोजी हुनुहुन्छ हामी कुनैपनी हालतमा सम्झौता गर्न सक्दैनौं यदवले भने “हो काङ्ग्रेसले निधीको उम्मेदवारी फिर्ता लिए गठबन्धनको अझैपनि संभावना छ ।”

“काङ्ग्रेसले करिब-करिब हाम्रो यो प्रस्तावलाई स्वीकार गर्ने संकेत देखाएको छ ।” उन्ले भने “वार्ता जारी रहेको छ अहिले नै केहि भन्न सकिन्न”

यादवले सप्तरी २ मा आफ्नो कसैसंग कुनै प्रतिस्पर्धा नरहेको बताए । उनले भने यो चुनाव मात्र होइन आन्दोलनरत पक्ष र सत्तापक्ष बीचको प्रतिस्पर्धा पनि हो ।

प्रकाशित मिति: Nov 29, 2017

प्रतिक्रिया दिनुहोस्