Logo
२३ बैशाख २०८१, आईतबार
(November 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेको विभिन्न जिल्लामा माइक्रोवेभ प्रविधिमार्फत सेवा प्रदान गर्ने भएको छ । टेलिकमका अनुसार कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेकोे छ ।

पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा बिटिएस स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको टेलिकमले जानकारी दिएको छ । टेलिकमले पुरानो प्रविधिमा भ्वाइस सेवा मात्र उपलब्ध गराइरहेकोेमा अब नयाँ प्रविधिमार्फत मोबाइलमा भ्वाइस र डाटा दुवै सेवा उपलब्ध हुनेछ ।

अब ती स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटामार्फत विभिन्न वेबसाइट चलाउन तथा देश विदेशमा भएका आफन्तहरुसँग भिडियो कल समेत गर्न सकिने टेलिकमले बताएको छ ।

प्रकाशित मिति: Nov 28, 2017

प्रतिक्रिया दिनुहोस्