Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली महिलाको सानदार जित : ५० रनले चीन पराजित

आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।

थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । चीनका लागि हान लीले १५ र सी जोऊले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

याे जितसँगै नेपालको ६ अंक जाेडेकाेले विश्वकपको ग्लोबल छनोट खेल्न पाउने सम्भावना कायमै छ । १ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो ।

नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३, सरिता राना मगरले २ र करुणा भण्डारीले एक विकेट लिए ।

 

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्