Logo
५ जेष्ठ २०८१, शनिबार
(November 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् शीर्ष दश राष्ट्र : फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लियो

फूटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नोभेम्बर महिनाको वरियतामा नेपाल १ सय ७० औं स्थानमा परेको छ । फिफा वरियतामा नेपालले ६ स्थान सुधार गरेको छ ।  नेपाल यसअघि १ सय ७६ औं स्थानमा थियो । घरेलु मैदानमा नोभेम्बर दोस्रो साता एएफसी एसियन कप छनोटमा अन्तर्गत नेपालले बलियो प्रतिद्धद्धि फिलिपिन्सलाई बराबरीमा रोकेको थियो ।

दक्षिण एसियाली मुलुकहरुमा भारत भारत १ सय ५ औं स्थानमा यथावत रहेको छ भने अफगानिस्तान ७ स्थान सुधार गर्दै १ सय ४७ औं स्थानमा पुगेको छ । त्यस्तै, माल्दिभ्स १ सय ५७, १ सय ८५, बंगलादेश १ सय ९२, श्रीलंका २ सय र पाकिस्तान २ सय १ औं स्थानमा छ । फिफा वरियताको शीर्ष १० मा भने क्रमशः जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली छन् ।

प्रकाशित मिति: Nov 23, 2017

प्रतिक्रिया दिनुहोस्