Logo
२३ बैशाख २०८१, आईतबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनालग प्रविधिका टिभी च्यानल बन्द नगर्न सर्वोच्चको आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले सरकारलार्इ एनालग प्रविधिका टिभी बन्द नगर्न अन्तरिम आदेश जारी गरेको छ । सरकारको निर्णयले नागरिकको सूचनाको हकको हनन भएको उल्लेख गर्दै संविधानविपरीत उक्त निर्णय खारेज गर्न आदेशको माग निवेदनमा गरिएको थियो ।

डिजिटल प्रणालीको बहानामा विदेशी सेटअप बक्स किन्न लगाएको उल्लेख गर्दै सरकारले यसबाट मोटो रकम कमिसन खाने नियत रहेको रिट निवेदनमा दाबी गरिएको छ । हिजो मंसिर १५ गतेसम्मका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गरीएको हो ।

सर्वोच्चले दुई पक्षलाई १५ गतेका लागि छलफलका लागि बोलाउने आदेश समेत गरेको छ । टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णयविरुद्ध आइतबार राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा रिट निवेदन दायर गरिएको थियो ।

 

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्