Logo
२३ बैशाख २०८१, आईतबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकाशको निधनबारे समाचार लेख्ने पत्रकार शाहीलाई रिहाइ गर्न माग

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रकाश दाहालको निधनको समाचार संकलनका क्रममा पक्राउ परेका पत्रकार दिपेश शाहीलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ । महासंघका अनुसार  शाहीलाई पक्राउ लगत्तै महानगरिय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । उनलाई बिना म्यादको पुर्जी थमाएर राखिएको पारिवारिक श्रोतले जनाएको छ । पत्रकार शाहीको पक्राउको कारणबारे हालसम्म प्रहरीले कुनै जानकारी दिएको छैन ।

महासंघका महासचिव रमेश विष्टले सोमबार एक विज्ञप्ति जारी गर्दै शाही पक्राउको घटनाप्रति निन्दा व्यक्त गरेका छन् । विष्टले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको समाचार संकलनका क्रममा क्रममा पक्राउ परेका पत्रकार शाहीलाई तत्काल बिना शर्त रिहाइ गर्न माग गरेका हुन् ।

‘मध्यान्ह राष्ट्रिय दैनिकका वरिष्ठ संवाददाता दिपेश शाहीलाई मंसिर ३ गते बिहान प्रहरीले पक्राउ गरेको जानकारी महासंघलाई प्राप्त भएको छ, पूर्व प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको समाचार संकलनका क्रममा नर्भिक परिसरबाट प्रहरीले पक्राउ गरेको हो’, विज्ञप्तिमा भनिएको छ,‘समाचार संकलनका क्रममा प्रहरीबाट भएको यस्तो कार्यको महासंघ निन्दा गर्छ, साथै पत्रकारमाथि हुने यस किसिमका घटना बन्द गर्न एवं पक्राउ गरिएका पत्रकार शाहीलाई बिना शर्त रिहा गर्न महासंघ जोडदार माग गर्दछ।’

महासंघको विज्ञप्ति :

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्