Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कट्टर-मधेशवादी’ राजेन्द्र महतोबारे यस्तो छ, पर्दा पछाडीको कहानी !

  • राज मेहता,

काठमाडौं : आउदो निर्वाचनमा निकै रोचक प्रतिस्पर्धा मानिएका क्षेत्रहरु मध्ये एक धनुषा क्षेत्र नम्बर ३ को चुनावी प्रचार-प्रसार प्रतिस्पर्धा अझ रमाइलो बन्दै गएको छ । चुनावी रौनकसंगै यतिबेला पत्रकार पत्रका्रबीच पनि उत्तिकै रोचक प्रतिस्पर्धा जारी रहेका छन् ।  धनुषा स्थित नेपाली कांग्रेस निकट पत्रकारहरुले निधीको पक्षमा र महतोको विरोधमा एउटा समाचार सम्प्रेषण गरेपछि मधेशवादी पत्रकारहरुले निधीको विरोधमा र महतोको पक्षमा ३-४ ओटा समाचार प्रस्तूत हुनेगरेका छन् ।

चुनावी फाइदा र परिआएका खण्डमा आवश्यकता अनुसार परिचालन गर्ने उद्देश्यले दलहरु पत्रकारहरुको समेत भातृ संगठ्न खोलेर राखेको कहि-कतै लुकेको छैन । नेपाली काङ्ग्रेसको नेपाल प्रेस युनियन, नेकपा एमालेको प्रेस चौतारी, एमाओवादीको प्रेस सेण्टर लगायतका पत्रकार संगठनहरु कृयाशिल रहेको भएतापनि मधेशवादी दलका रूपमा चिनिएका राजपा नेपालको कुनै पत्रकार संगठन भने छैन ।

यद्यपि तत्कालीन सदभावना पार्टीले स्थापना गरेका प्रेस मंच नेपालले भने आफूलाई राजपाको पत्रकार भातृ संगठनको रूपमा परिचय गराउदै आएको छ । त्यसो त अध्यक्ष मण्डल र सचिवालय समिती बाहेक अन्य समितिका पद तथा भातृ संगठनहरु प्रायः सबै नै आफैमा अवैधानिक रहेका बेलामा पत्रकार संगठनको अवस्थाको त झन कुनै कुरै भएन ।

पार्टीगत अवस्था जे-जस्तो भएपनि राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा ३ का उम्मेदवार राजेन्द्र महतो भने मिडिया क्षेत्रमा निकै अब्बल नेता मानिन्छन् । त्यसो त केहि खास मिडियाहरुमा केहि खास पत्रकारहरुले बेला-बेलामा ब्यार्गेनिङ्ग स्वरुप उनका नाकारात्म समाचारहरु समेत लेख्ने गरेका हुन्छ्न् ।

जस्तै – ‘जन्मसिद्ध नागरिकता प्राप्त महतोलाई अङ्गकृत नागरिकता प्राप्त भन्ने’, राजनीतिमा प्रवेश पुर्व नै अपार-सम्पत्ति र काठमाडौंमा घर समेत रहेका महतोले राजनीतिमै आएर अकुत-सम्पती कमाएका भन्ने, एक निजि बैंकमा छोरी मेनेजर र विदेशमा छोरा जागिरे रहेता पनि ‘महतो त परिवारवादमा विलीन’ आदि-आदि समाचारहरु पनि निकै चर्चामा आउने गरेका हुनछन् ।

संचार र महतो  :
पछिल्लो मधेश आन्दोलनका बेला नेपाली मिडिया सबै भन्दा मुख्य पात्रको रूपमा चर्चित पात्रहरु हुन, एमाले अध्यक्ष केपि शर्मा ओलि र राजपा अध्यक्ष राजेन्द्र महतो । कट्टर-पहाडे राष्ट्रवादी नेताको रूपमा ओलिलाई प्रसतूत गरियो भने कट्टर-मधेशवादी नेताको रूपमा महतोलाई प्रस्तूत गरिएको थियोे ।

तर को हून त महतोका संचार सारथी यो पनि बेलाबेलामा खोजीको बिषय बन्ने गरेको छ । तत्कालीन सदभावना अध्यक्ष रहेका महतोले प्रेस मंच स्थापना गराउदै पत्रकार बीरेन्द्र केएमलाई आफ्ना संचार सारथी बनाएका थिए तर केएम लामो समय उनका संचार सारथी रहेनन् । महतोले पत्रकार केएमको अध्यक्षतामा प्रेस मंचको स्थापना गराएका थिए । तर अलिक खर्‍रो किसिमका पत्रकार मानिने केएम, पछि सकृय र ब्यवसायिक पत्रकारिकामा ब्यस्त भएपछि उनि महतोसंग टाढिएका थिए । यद्यपि निजिगत रूपमा महतो र केएमबीच पारिवारिक सम्बन्ध झै रहेको छ ।

केएमले महतोको आलोचना वा विरोधमा कुनै लेखन गरेको बिरलै पाइन्छ । केएम भन्छन् – महतोसंग मेरो पार्टीगत होइन ब्यतिगत सम्बन्ध हो । नेता महतोले तत्कालीन “धमला-केएम-महतो जेल प्रकरण” मा चौतर्फी पहल गरेका थिए र केएम विरुद्ध लागेका मुद्दाहरू खारेज गराएका थिए । सुनसरी निवासी केएम भारतीय निजि टेलिभिजन न्युज च्यानल “एबिपी न्युज” का नेपाल प्रमुख र बिभिन्न नेपाली मिडियामा समेत कार्यरत बहूचर्चित सकृय पत्रकार हुन् ।

पत्रकार कर्ण र दास महतोका सारथी :
मधेशी अन्तरगत कायस्थ समुदायका बिमलेन्द्र निधीसंग चुनावी प्रतिस्पर्धामा रहेका महतो भने वैश्य समुदायका हुन् । तर रोचक के छ, भने सुडि जातीका महतोका बर्तमान संचार सारथीहरु निधिकै जातीका अर्थाथ कास्यथ समुदायका पत्रकारहरु पंकज दास र निमेश कर्ण हून ।

महोत्तरी जलेश्वरका कर्ण महतोको निजि एफ रेडियो “रेडियो मधेश” का स्टेसन म्यानेजर हुन् भने उनि सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी समेत हुन् । कर्ण लामोसमयदेखि महतो निकट मानिन्छ । उनि तत्कालीन सदभावना पार्टीको मेची-महाकाली रथ यात्रका बेला प्रचारका सामग्रीहरू बनाउदै निकटतम बनेका थिए ।  भने, महतो स्वाथ्य मन्त्री हुदा कर्णलाई स्वास्थ्य बिभागमा संचार बिज्ञको रूप नियुक्त गराउदै आफ्ना संचार सल्लाहकार बनाएका थिए । पत्रकार कर्ण हाल महतोको चुनावी प्रचार सामग्री बनाउनमा ब्यस्त छन् ।

यता, पछिल्लो मधेश आन्दोलनदेखी निकै निकटतम रहेका पत्रकार दास हाल महतोको राजनीति र संचार सबै किसिमका सल्लाहकार मानिन्छन् । भनिन्छ, ‘बिना दासको सल्लाहले महतो केहिपनी गर्दैनन् , राजनीतिमा के कस्तो स्टण्टको आवस्यकता छ र के बोल्दा राजनीति फाइदा के बोल्दा राजनीति बेफाइदासम्मको सबै योजना दासले बनाउदै आएका छ्न ।’ बिरगंज निवासी दास मधेशी पत्रकार संघका अध्यक्ष र भारतीय निजि टेलिभिजन च्यानल “आजतक” का नेपाल संवाददाता हून । उनी अहिले महतो चुनावी रणनीति बनाउनमा ब्यस्त रहेका छन् ।

प्रकाशित मिति: Nov 16, 2017

प्रतिक्रिया दिनुहोस्