Logo
१३ आश्विन २०८०, शनिबार
(November 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै भाइरल भइरहेछ मानव अनुहार भएको बिरालोको तस्बिर

आजकाल फेरी सोसल मिडियामा मानव अनुहार भएको बिरालोको फोटो भाइरल भइरहेको छ । दाबी गरिए अनुसार उक्त बिरालो मलेसियामा जन्मिएको छ जसको अनुहारको बनावट मानिसको जस्तै छ र यसलाई एक ल्याबमा राखिएको छ । यस्तै, स्थानीय पुलिसले यस्तो कुनै पनि दाबीलाई झुटो बताएको छ ।

आफूहरुलाई यस्तो कुनै पनि बिरालो जन्मिएको खबर नआएको पुलिसले बताएको छ । यद्यपी, सोसल मिडियामा भाइरल भइरहेको यो फोटोपछि एक पटक पुनः मानिसको जस्तै अनुहार भएको जनावरको जन्ममा चर्चा सुरु भएको छ । फोटोमा बिरालोजस्तै देखिने यो जीवको टाउको र आँखा मानिसको जस्तै देखिएको छ भने कपाल र छाला पनि मानिसको जस्तै देखिएको छ ।

यस्तै पुलिसको अनुमान अनुसार यो फोटो अनलाइन बेच्न राखिएको सिलिकन बेबी वेयरवुल्फ हुनसक्छ । उक्त फोटोलाई पहिले इन्टरनेटबाटै डाउनलोड गरिएको र त्यसपछि भाइरल बनाएको पुलिसको दाबी छ । एजेन्सी

प्रकाशित मिति: Nov 15, 2017

प्रतिक्रिया दिनुहोस्