Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमलेन्द्र निधिमाथि जातीय आरोप : अन्य जातजातीमा चरम असन्तुष्टि

  • तेजकुमार सिंह,

काठमाण्डौ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि माथि जातिय आरोप लागेको छ । उनी सर्वमान्य नेता भन्दा पनि आफ्नै जातजातिलाई मात्र अवसर दिने गरेको खुलासा भएपछि अन्यमा चरम असंतुष्टि देखिएका छन् । खासगरि विभिन्न पेशामा रहेका पेशाकर्मीहरु, प्राध्यापकहरु, कानुन व्यवसायीहरु, बुद्धिजिवीहरु असंतुष्ट देखिएका हुन् ।

विमलेन्द्र निधिका दाजु नवेन्द्र निधि यस अघि जनकपुरको राराब क्याम्पसमा क्याम्पस प्रमुख भएका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा गर्दा आफ्नै जाति कायस्थ समुदायलाई मात्र प्राथमिकता दिएको भन्दै अन्य समुदायका प्राध्यापकहरुमा असंतुष्टी देखिएको छ ।

उच्च अदालतको न्यायाधीश नियूक्तिका लागि जनकपुरबाट कतिपय कानुन व्यवसायीहरुले आवेदन भरेका थिए । तर, कांग्रेस निकट डिएलएका कानुन व्यवसायीहरुलाई न्यायाधीशमा नियूक्त नगरी आफ्नै भाई राकेश निधिलाई न्यायाधीश बनाएपछि कांग्रेस निकटकै कानुन व्यवसायीहरु असंतुष्ट देखिन्छन् ।

त्यसैगरी विमलेन्द्र निधि भौतिक योजना तथा निर्माण मन्त्री हुँदा २ सय ५० जना कम्प्यूटर अपरेटरको नियूक्ति गर्दा आफ्नै जाति कायस्थबाट करिब २ सय जनाको नियूक्ति गरेको भन्दै अन्य समुदायहरु असंतुष्ट देखिन्छन् । विमलेन्द्र निधि गृहमन्त्री भएको बेलामा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट दिलाइएको अधिकांश मानपदक आफ्नै समुदायका व्यक्तिहरुलाई बढी दिएको र अन्य समुदायलाई नामको लागि मात्र समावेश गरेको भन्दै जनकपुरका साहुजी समुदाय देखि अन्य समुदायहरु असंतुष्ट देखिन्छन् ।

संविधान जारी गर्ने देखि गृहमन्त्री हुँदा सप्तरीको मलेठमा ५ जना यूवाहरुको सुरक्षाकर्मीहरुद्वारा हत्या गरिएको आरोप समेत विपक्षी राजपाले लगाईरहेको अवस्थामा नेता निधिलाई समेत मधेस विरोधी नेताको रुपमा चित्रण गरिरहेको अवस्थामा निधिले ती सबै आरोपहरुलाई चिर्दै कसरी अगाडी वढ्ने छन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति: Nov 15, 2017

प्रतिक्रिया दिनुहोस्