Logo
५ जेष्ठ २०८१, शनिबार
(November 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलोपटक नेपाल यू-१९ एसिया कपको सेमिफाइनलमा

एसीसी अन्डर १९ एसिया कप अन्तर्गत समूह ‘ए’ को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । यसअघि समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको हो । नेपाल इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो ।

बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन ।

नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन भारत यस हारसँगै समूह चरणबाटै बाहिरिएको छ । तस्विर सौजन्य : कान्तिपुर 

प्रकाशित मिति: Nov 14, 2017

प्रतिक्रिया दिनुहोस्