Logo
५ जेष्ठ २०८१, शनिबार
(November 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको दोस्रो ऐतिहासिक जित : मलेसिया ८ विकेटले पराजित

एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि मलेसियाली टिमले १५.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनाउन सक्यो ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। यस्तै नेपालका कप्तान दीपेन्द्र ऐरी र शाहब अलामले २-२ र अनिलकुमार साहले १ विकेट लिएका थिए । वर्षाका कारण २४-२४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सानो लक्ष्य ५.३ ओभरमा २ विकेट गुमाएर प्राप्त गरेको हो। नेपालका लागि अनिलकुमार साहले २६ रन बनाएका थिए ।

सुरुआतमा मलेसियाका ओपनर नेपालका पेस बलरमाथि हावी भएका थिए । उसका लागि अजिजले सर्वाधिक २० र कप्तान विरनदिपले १० रन बनाए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

तस्विर सौजन्य : कान्तिपुर

प्रकाशित मिति: Nov 14, 2017

प्रतिक्रिया दिनुहोस्