Logo
१८ बैशाख २०८१, मंगलबार
(November 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यादवको उम्मेदवारीले पर्सा १ मा कांग्रेस र बाम गठबन्धनलाई अफ्ठ्यारो

  • सन्तोष यादव,

वीरगंज : संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको चुनावी तालमेलपछि पर्सा जिल्लाको राजनीतिक एकाएक रोमाञ्चक बनेको छ । चिया पसलदेखि चोक–चोकमा मधेसी गठबन्धन, बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चर्चा मात्रै चलिरहेको छ । दोश्रो चरण अन्र्तगत मंसिर २१ गते हुने निर्वाचनमा पर्सा जिल्लाको क्षेत्र नम्बर १ ले सबैको ध्यान केन्द्रित गरेको छ ।

कारण हो याहाँ परेको उम्मेदवारी, नेपाली कांग्रेसले ल्याएको नयाँ व्यापारी उम्मेदवार अनिल रुङ्ग्टलाई टक्कर दिन फोरम र राजपा गठबन्धनले खटाएको फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष र मधेस आन्दोलनका अगुवा प्रदीप यादव र बाम गठबन्धनका उम्मेदवार पुर्व सभासद विचारी यादव ।

करिब ६ मिहना जति वीरगंजमा चलेको मधेस आन्दोलनमा प्रमख भूमिका निर्वाह गरेका यादवका लागि यो निर्वाचन एकदमै विशेष बनेको छ । उनको जितले मधेस आन्दोलनले हासिल गरेको उपलब्धिहरु संस्थागत हुने स्थानीय विश्लेषकहरुको कथन छ । उनि संविधान सभा सदस्यको निर्वाचन २०७२ मा पर्सा जिल्लाको क्षेत्र नम्बर दुई बाट झिनो मतान्तरले पराजित भएका थिए तर विजातका वर्षहरुमा उनको राजनीतिक सक्रियता र मधेस आन्दोलनमा उनले खेलेको भूमिकाका कारण यस पटक उनलाई प्रतिस्पर्धा दिने उम्मेदवार कुनै पार्टीले खडा गर्ने सकेको छैन ।

नेपाली कांग्रेसको गढ मानिने पर्सा जिल्लामा यस पटक निर्वाचन क्षेत्र नम्बर १ मा फोरम नेपालका यादवको उम्मेदवारीले कांग्रेसका रुङ्ग्टा र बामका विचार यादवलाई चुनौती थपेको छ । पर्सा क्षेत्र नम्बर १ बाट यादव सहजै जित्ने आंकलन गरिहेका फोरम नेपालका र समर्थकहरुको अपेक्षाअनुसारको परिणाम नआउने उत्तिकै आधारहरु छन् । स्थानीय तहमा पाएको मतको आधारमा यात्रा डेलीले विभिन्न कोणबाट गरेको सर्वेक्षणले रुङ्ग्टा र विचारी लाई चुनौती देखिन्छ । स्थानीय तह निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस र बाम गठबन्धनले विगतको जस्तो सहजै मत प्राप्त गर्ने आधार कहिँ कतै पनि देखिदैंन ।

निर्वाचनको मिति नजिकिदै जादा सम्पूर्ण दलहरुले भने आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् भने भोज भेटेर समेत सुरु गरेका छन् । लगभग २५ दिन बाकि रहेको निर्वाचनमा जिल्ला वासीको मन कसले जित्ला त्यो समयले मात्र बताउन सक्छ । नयाँ संरचनाअनुरुप पर्सा क्षेत्र नम्बर १ वीरगंज महानगरपालिका अन्तर्गत पर्ने गर्छ र अहिले महानगरपालिका भने फोरम नेपालकै कब्जामा छ । भर्खरी सम्पन्न भएको स्थानीय तहमा जनताले दिएको मतको आधारलाई यात्रा डेलीले विश्लेषण गरेको अनुसार जिल्लाको प्रमुख स्थानहरुमा फोरम नेपालका उम्मेदवारहरुले कब्जा गर्ने छाट काठ देख्दै छ ।

 

प्रकाशित मिति: Nov 12, 2017

प्रतिक्रिया दिनुहोस्