Logo
१८ बैशाख २०८१, मंगलबार
(November 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जरा आँखमे भर लो पानी…’ भन्दै उपेन्द्र यादवले थाले चुनाव अभियान

सप्तरी : सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हिन्दी गित गाउदै चुनावी अभियान थालेका छन् ।

शहीदहरुको तस्वीरमा माल्र्यापण गर्दे उनले आइतबारदेखि मात्रै चुनावी प्रचार सुरु गरेका हुन् । शहीदहरुको तस्वीरमा माल्र्यापण गरेर यादवले जम्मा भएका भिडलाई एउटा भावनात्मक गीत सुनाए ।

‘ए मेरे वतनके लोगो जरा आँखमे भर लो पानी….’
‘ए मधेशके लागो जरा आँखमे भर लो पानी जो शहीद हुएँ हैं उनको जरा याद करो कुर्वानी…’

यो गीत बजिसकेपछि यादवले शहीदहरुको सपना अब चाँडै पूरा हुने बताए । उनले विगतमा यत्रो योगदान दिएका मधेशीलाई अब मधेशका लागि तथा शहीदहरुको सपना पूरा गर्नका लागि मधेशी गठबन्धनलाई जिताउनुपर्ने बताए ।

उनले बाम गठबन्धनका उम्मेदवार उमेश यादवको गाउँ लालापट्टी पुगेर उनका काका नारायण यादव, दामोदर यादव, देवराम यादव र मालिक यादव, भाईहरु कृष्णा यादव, मिथिलेश यादव लगायतलाई पार्टी प्रवेश गराउँदै चुनावी अभियान थालेका हुन् ।

गत २३ फागुन २०७३ मा प्रहरीको गोली लागि ५ जनाको ज्यान गएको सप्तरीको मलेठबाट चुनावी प्रचार–प्रसारको शुरुवात् प्रतिद्वन्द्वीको आफन्तसँगै अन्य गाउँलेलाई समेत पार्टी प्रवेश गराए ।

बाम गठबन्धनका उम्मेदवार उमेश दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीको प्रतिनिधित्व गर्दै तत्कालिन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट सिञ्चाई मन्त्री समेत बनेका थिए ।

 

प्रकाशित मिति: Nov 12, 2017

प्रतिक्रिया दिनुहोस्