Logo
५ जेष्ठ २०८१, शनिबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालको हार

काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । वर्षाले प्रभावित खेलमा बंगलादेशले नेपालमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो । डीएल मेथडका आधारमा बंगलादेशले ४० ओभरमा १८१ रनको नयाँ लक्ष्य पायो, जसलाई अन्तिम बल खेल्नु अघि ८ विकेट गुमाएर भेट्टायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले ४०.१ ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाउँदा पानी पर्‍यो । रोमाञ्चक खेलको अन्तिम ओभरसम्म पनि नेपालको जितको सम्भावना थियो । बंगलादेशलाई ६ बलमा ११ रन चाहिएको थियो । सिहलो बलमै कमल सिंहले विकेट लिँदै जितको आश जगाए । तर, दोस्रो बलमा चौका दिए ।

तेस्रो बलमा एक रन दिएका उनले चौथो बलमा अर्को चौका दिए र खेल नेपालको हातबाट फुत्कियो । अन्तिम बल अघि रुविउल हकले एक रन लिँदै बंगलादेशलाई २ विकेटको जित दिलाए । बंगलादेशका लागि सबैभन्दा धेरै रन नइम शेखले बनाए । उनी ५२ रनमा आउट भएका थिए ।

नेपालका सन्दिप लामिछाने र कमल सिंहले समान २/२ विकट लिए भने अनिल सिंह, दिपेन्द्र सिंह ऐरी र किशोर महतोले एक एक विकेट हात पारे । यसअघि नेपालको सामान्य रहृयो । ७० रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि रोहित कुमार र भीम सार्कीले पाँचौ विकेटका लागि ७९ रनको साझेदारी गरे । रोहित ४० र भीम ४४ रनमा आउट भए ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्