Logo
५ जेष्ठ २०८१, शनिबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि यू–१९ एसिया कप : नेपालले भारत, बंगलादेश र मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने

मलेसियाको क्वालालम्पुरमा शुक्रबारदेखि चौथो एसीसी यू–१९ कप क्रिकेट प्रतियागिता सुरु हुँदै छ । प्रतियोगितामा नेपालले पनि भाग लिँदै छ । प्रतियोगिता अन्तर्गत नेपाल समूह ‘ए’मा छ भने नेपालले तीनपटकको विजेता भारत, बंगलादेश र आयोजक मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने छ । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले प्रतियोगिताका लागि नेपालको तयारी राम्रो रहेको बताएका छन् ।

नेपालले गत साता बंगलादेशमाथि सानदार जित निकालेको थियो । सन् २००२ पछि बंगलादेशी क्रिकेट टोलीलाई नेपालले हाएको थियो । पछिल्लो तीन संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपालले सन् २०१२, ०१३ र ०१६ मा सहभागिता जनाएको थियो । एसोसिएट राष्ट्रको प्रतिनिधित्व गर्दै नेपालले अहिलेसम्म प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न सकेको छैन ।

यद्यपी नेपाली युवा क्रिकेटरले टेस्ट तथा एक दिवसीय मान्यता राष्ट्रविरुद्ध आफ्नो कौसलता भने देखएका छन् ।नेपालले अहिलेसम्म ६ खेल खेलेको छ जस्मा समान तीन जित र हार सामना गरेको छ । नेपालले एसोसिएट राष्ट्रलाई हराउँदा टेस्ट राष्ट्रसँग हारको नतिजा आत्मसात गरेको छ । नेपालले मलेसियालाई दुई तथा यूएईलाई एकपटक हराएको थियो । एजेन्सी ।

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्