Logo
१८ बैशाख २०८१, मंगलबार
(November 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यादव भन्छन् -‘पहिचानसहितको संघीयताका लागि फोरम–राजपालाई मत दिऔं’

वीरगन्ज : संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव पर्साले पहिचानसहितको संघीयता स्थापनाका लागि संघीय फोरम–राजपा गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । मधेशको मुद्दा सफल पार्न र पहिचानसहितको संघीयता संस्थागत गर्न सबैलाई संघीय फोरम नेपाल र राजपाको गठबन्धनलाई मतदान गर्न यादवले आग्रह समेत गरेका छन् ।

फोरम नेपालले वीरगन्ज महानगरपालिका ११ श्रीपुरमा अयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेशका मुद्दालाई असफल पार्न अहिलेको बाम गठबन्धन बनेको पार्टीका यादवले बताएका छन् । यादवले मधेशी गठबन्धनका कारण जिल्लामा तथाकथित ठूला दलहरुमा खैलाबैला समेत मचेको दावी गरेका छन् । उनले चुनावलाई केवल चुनाव नबुझेर अर्को आन्दोलन बुझ्न सबैलाई आग्रह गरे ।

आन्दोलनको क्रममा प्रहरीले हानेको गोलीको जवाफ अब ब्यालेटले दिनु पर्ने बेला आएकोले सबैलाई मधेशी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेता शशीकपुर मिया, वीरगन्ज महानगरपालिकाका पुर्व मेयर प्रदिप सुबेदी, पार्टीका जीला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मी, महम्द सलाउनदीन, अजय चौरसिया, पुर्षोत्तम पाण्डे लग्यायतले समेत मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Nov 8, 2017

प्रतिक्रिया दिनुहोस्