Logo
२ जेष्ठ २०८१, बुधबार
(October 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम–राजपाको चुनावी सिट तालमेल मंगलबार घोषणा हुने

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बिच चुनावी तालमेलको प्रयास सहमति नजिक पुगेको छ । फोरमका नेता राजेन्द्र श्रेष्ठले राजपासँगको तालमेल सार्वजनिक जस्तै भइसकेको बताए ।

उनले प्रदेश नम्बर दुईको ३२ क्षेत्रमध्ये फोरमलाई १७ र राजपालाई १५ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने गरी सहमति भएको बताए। प्रदेश नम्बर दुई बाहेकका अन्य प्रदेशमा भने तालमेल नहुने उनले स्पष्ट पारे ।

यता, दुई दलले मंगलबारसम्म औपचारिक घोषणा गर्ने गरि छलफल गरिरहेको राजपाका महासचिव मनिष सुमनले जानकारी दिए । विगतको निर्वाचन, सांगठनिक आधार र उम्मेदवारको लोकप्रियताको आधारमा चुनावी तालमेल हुने सुमनले बताए ।

‘हामी फोरमसँग सहमतिको नजिक पुगेका छौ । हरेक ठाँउमा दुवै दलको दाबी छ,’ उनले भने, ‘भोलिसम्म हामी औपचारिक घोषणा गर्छौ ।’

‘दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा राजपाको आधार छैन, ’उनले भने, ‘हाम्रो तालमेल पनि दुई नम्बर प्रदेशमा मात्रै हुन्छ ।’ उनले कांग्रेससँग पनि छलफल चलिरहेको बताउँदै दुई पार्टी्बिचमा सहमति भइसकेपछि कांग्रेससँगको छलफल अघि बढाउने बताए ।

प्रकाशित मिति: Oct 30, 2017

प्रतिक्रिया दिनुहोस्