खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई सुशासन समितिको पत्र
संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।
तर, खड्काले अहिले पनि निगमको कार्यकारी निर्देशकको हैसियतमा काम गरिरहेका छन् । समितिले आपूर्तिलाई पत्र पठाएको समितिका सचिव मुरारी महतले स्वीकार गरे ।
पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाही गर्न सिफारिस गरेको छ ।
सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएर छानविन प्रक्रिया टुंगो नपुगेसम्म निगम प्रमुख खड्कालाई दैनिक काम समेत गर्न नदिन निर्देशन दिएको छ ।