Logo
३ जेष्ठ २०८१, बिहीबार
(September 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, एमालेको मधेस मिसन : ओली भोली मधेश झर्ने

प्रदेश-२ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता तराईंमै केन्द्रित भएको बेला ओली समेत शुक्रबार तराई झर्ने भएका छन् । ओलीले शुक्रबार जितपुर-सिमरा उपमहानगरपालिका, बर्दिया नगरपालिमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार वरिष्ठ नेता माधव नेपाल गृहजिल्ला रौतहटका चुनावी कार्यक्रममा व्यस्त छन्। नेपाल बारा, पर्सा र महोत्तरीका चुनावी सभामा पुग्ने कार्यक्रम छ । नेता झलनाथ खनालले शुक्रबार बाराका विभिन्न स्थानीय तहमा पुगेर प्रचार प्रशारलाई तिब्रता दिँदै छन् । एमालेले प्रदेश-२ मा समेत पहिलो पार्टी बन्ने अभियान स्वरुप सबै शीर्ष नेतालाई विभिन्न स्थानीय तहमा खटाएको छ ।

उपाध्यक्ष वामदेव गौतम र भीम रावल विभिन्न जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुँदै छन् । महासचिव ईश्वर पोखरेल वीरगञ्ज महानगरपालिकामा बढी प्रभावित क्षेत्रमा केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रममा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । पोखरेल शुक्रबार सिरहा र सप्तरीका कार्यक्रमहरुमा केन्द्रित हुनेछन् ।

पार्टी सचिव प्रदीप ज्ञवाली केही दिनयता तराईमै छन्। बिहीबारदेखि भने सचिव ज्ञवाली सिरहामा केन्द्रित भएका छन्। अर्का सचिव भीम आचार्य सप्तरीमा केन्द्रित छन् । सचिव गोकर्ण विष्ट शुक्रबार सर्लाही पुग्दै छन् । सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई सप्तरी, सिरहा, धनुषा र महोत्तरीका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी भइरहेका छन् शुक्रबार भने सर्लाहीका नगरपालिकाकेन्द्रित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै छन् ।

एमाले प्रदेश-२ का संयोजक सत्यनारायण मण्डल एक महिनादेखि मधेसमै छन्। मण्डल गृहजिल्ला सप्तरीका चुनावी कार्यक्रममा सक्रिय छन् भने प्रदेश-२ का सहसंयोजक नागेन्द्र चौधरी गृहजिल्ला पर्सा र बाराका चुनावी कार्यक्रममा सक्रिय छन् ।

 

प्रकाशित मिति: Sep 14, 2017

प्रतिक्रिया दिनुहोस्