Logo
२ जेष्ठ २०८१, बुधबार
(August 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी तयारी : संविधान संशोधन विधेयक सोमबार निर्णयार्थ पेस गर्ने

काठमाडौँ : प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच सरकारले संविधान संशोधन विधेयकलाई सोमबार मतदानमा लाने तयारी गरेको छ । संविधान संशोधन विधेयकको छलफलमा बोल्दै ‍एमाले सांसदहरूले संविधान संशोधन भन्दा निर्वाचनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारले नागरिकता, भाषा, प्रदेश सीमांकन हेरफेर, राष्ट्रियसभा गठनमा ल्याएको संशोधन मुलुकका लागि हितकर नभएको भन्दै एमालेले विपक्षमा मतदान गर्ने बताइरहेका बेला सरकारले भने संशोधन विधेकलाई भोलि सोमबार मतदानमा लाने तयारी गरेको हो ।

राष्ट्रियता र सार्वभौमसत्ताको हितविपरीत संविधान संशोधन विधेयक पेस गरेको भन्दै उनीहरूले उक्त विधेयक फिर्ता हुनुपर्ने माग गरेका हुन् । छलफलमा बोल्दै एमाले सांसद भरतमोहन अधिकारीले सरकारले ल्याएको विधेयकले दूरगामी असर पर्ने भएको भन्दै फिर्ता लिन माग गरे ।

प्रकाशित मिति: Aug 20, 2017

प्रतिक्रिया दिनुहोस्