Logo
६ जेष्ठ २०८१, आईतबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संकटग्रस्त क्षेत्र किन घोषणा नभएको ? भन्दै प्रधानमन्त्रीलाई पत्र

मधेशी नागरिक समाजका अध्यक्ष गणेश कुमार मंडलले प्रधानमन्त्री शेरबहादुर देउवालाई खुल्ला पत्र लेखेका छन् ।
उनले आफना फेसबुक स्टाटस मार्फत प्रधानमन्त्री देउवालाई बिभिन्न १३ ओटा बिदामा मधेशसँग सरोकार राख्ने विषयमा मुद्दा उठाइएको छ ।

१) बाढीबाट प्रभावित हरुको सही र सत्य तथ्य तथ्यांक सार्वजनिक गर्नुस् ।
२) बाढी पीडितहरुलाई बाढीपीडित परिचायपत्र को ब्यबस्था गर्नुस ।
३) बाढीबाट कति धन सम्पत्तिको क्षति भएको छ त्यो तुरुन्त सार्वजनिक गर्नुस् ।
४) भैतिक संरचनाहरु के कति पुर्ण , अर्ध क्षति भएको छ त्यसको आम नागरिक लाई जानकारी गराउनुस ।
५) मानवीय क्षति के कति भएको छ त्यसको पनि पुर्ण जानकारी गराउनुस ।
६) कति घर पुर्ण, कति घर अर्ध क्षती भएको छ त्यसको जानकारी गराउनुस ।
७) गाई बस्तु के कति क्षती भएको छ त्यसको जानकारी गराउनुस ।
८) संकटग्रस्त क्षेत्र किन घोषणा गर्नु भएन त्यसको जवाफ दिनुस ।
९) उद्धार , राहत को काम कहाँ – कहाँ के र कति कति गर्नु भएको छ त्यसको जानकारी गराउनुस ।
१०) बाढी पीडित पछी महामारी को सम्भावना बाट बचन के त्यारी गर्नु भएको छ त्यसको जानकारी गराउनुस ।
११) बाढीबाट पुर्ण र अर्ध भैतिक संरचना , घर जुन क्षती भएको छ त्यसको पुनः निर्माण को लागि के योजना बनाउनु भएको छ त्यसको जानकारी गराउनुस ।
१२) पुनः निर्माणमा कुल कति खर्च लाग्छ त्यसको जानकारी गराउनुस ।
१३) राहत तथा उद्धारमा के कति सम्मान र पैसा चाहिन्छ त्यसको जानकारी गराउनुस ।
राज्यले आफ्नो नागरिक लाई गुमराह मा राखनु हुदैन ।

प्रकाशित मिति: Aug 15, 2017

प्रतिक्रिया दिनुहोस्