Logo
१६ आश्विन २०८०, मंगलबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडियामाथी प्रहरीले हस्तक्षेपप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं : नेपाल प्रहरीले पत्रकार छायाचन्द्र भण्डारीलाई समाचारको विषयलाई लिएर अनावश्यक सोधपुछ गरेकोमा नेपाल पत्रकार महासंघ काठमाडौंले घोर आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका केन्द्रीय पार्षद छाँयाचन्द्र भण्डारीले समेत नेशनल भिजन मिडिया ग्रुप प्र.ली द्धारा संचालनमा रहेको न्यूज अभियानकाको अनामनगर स्थित कार्यालयमा आफुलाई केन्द्रीय अनुसन्धान व्युरोको कर्मचारी भन्दै केही व्यक्तिहरु सोमवार दिँउसो आएर प्रधान सम्पादक भण्डारीलाई अनावश्यक सोधपुछ गर्ने, समाचारको स्रोत माग्ने र मानसिक तनाव दिने घटना भएको प्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखा घोर आपत्ति प्रकट गर्दछ ,महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

समाचारका सम्वन्धमा चित्त नबुझे वा कुनै गुनासो भएमा नेपाल पत्रकार महासंघ तथा प्रेस काउन्सिल जस्ता संस्थाहरुमा उजुरी दिन र त्यहाँबाट पनि चित्तबुझ्दो निरुपण नभएमा कानुनी उपचारका लागि अदालत जाने बाटो खुला हुँदाहुँदै सादा पोशाकधारी प्रहरीहरु कार्यालयमा पठाउने, बल प्रयोगको प्रयास गर्ने र मानसिक यातना दिने कार्यप्रति महासंघ गम्भिर असहमति प्रकट गर्दछ ।

समाचारको विषयलाई लिएर एकाएक कार्यलयमा प्रहरी आउनु, अनावश्यक सोधपुछ गरि समाचारको प्रमाण माग्नु गैरकानुनी हो शाखा अध्यक्ष शान्ताराम बिडारी भन्नुहुन्छ । यस्ता कार्यहरु स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यता विपरीत भएकाले आइन्दा नदोहो¥याउन आग्रह गर्दै यस शाखा खासगरी सरकार, गृहमन्त्री र सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छौ ,शाखा सचिव मोहन प्रसाद पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । भण्डारी अभियान टाइम्स साप्ताहिक र न्यूज अभियान डट कमका प्रधान सम्पादक हुन् ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्