Logo
५ जेष्ठ २०८१, शनिबार
(July 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार मसान्तभित्र दर्ता भएका दलहरुले मात्र चुनावमा भाग लिन पाउने

काठमाडौं । नयाँ दल दर्ता गरेर प्रदेश र संसदको चुनावमा भाग दिन नपाइने भएको छ । असार मसान्तभित्र आयोगमा दर्ता भएका दलहरुले मात्र प्रदेश र संसदको चुनावमा भाग लिने पाउने निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगमा दर्ता भएका दलहरुले पनि प्रदेश र संसदको चुनावका लागि फेरि दल दर्ता गर्नु पर्नेछ । निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेर संविधानको धारा २७१ बमोजिम दल दर्ताको निवेदन भदौ ११ गतेभित्र दिन आहृवान गरेको छ ।

आवेदन दिने दलहरुले प्रदेश र संसद वा कुनै एउटा निर्वाचनमा भाग लिने हो, त्यो खुलाउनु पर्नेछ । साथै केन्द्रीय कार्यकारिणी समिति पदाधिकारीको संख्या, दलको विधान, नियमावली, घोषणापत्रसँगै संगठनात्मक स्वरुपको विवरण पनि बुझाउनु पर्नेछ ।

प्रकाशित मिति: Jul 29, 2017

प्रतिक्रिया दिनुहोस्