Logo
५ जेष्ठ २०८१, शनिबार
(July 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन र भारतका कूटनीतिज्ञ तीन दिनदेखि लुम्बिनीमा

रुपन्देही : नेपाल, भारत र चीनका कूटनीतिज्ञ अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बुद्धजन्मभूमि लुम्बिनी आएका छन् । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय र नेपालका लागि भारतका राजदूत मन्जीत सिंहसहित दश सदस्यीय टोलीले लुम्बिनीको अवलोकन गरेको लुम्बिनी बिकास कोषले जनाएको छ ।

नेपाल भारतका राजदूत उपाध्याय र सिंह नेतृत्व प्रतिनिधि मण्डल टोलीले बिहीवार साँझ लुम्बिनीमा आई तीन दिनसम्म लुम्बिनी तथा कपिलवस्तुको तिलौराकोटको एतिहासिक पूरातात्विक स्थलहरुको अवलोकन भ्रमण सम्पन्न गरेको कोषका सूचना सहायक अधिकृत राजन बस्नेतले जानकारी दिए ।

टोलीले बीपी कोइराला नेपालभारत फाउण्डेशनको कार्य समितीको बैठक समेत लुम्बिनीस्थित बुद्धमाया होटेलमा सम्पन्न गरेको सहभागी हर्ष कोइरालाले बताए ।  यसैगरी, रुपन्देही जिल्ला अदालतका सरकारी न्यायधिवक्ता कोषहरि निरौलासहित चिनिया टोलीका डिपुटी चीफ आर्टब्रो डीयूजी नेतृत्व आठ सदस्यीय प्रतिनिधि मण्डलको टोलीले शुक्रबार मायादेबी मन्दिर तथा चिनिया बौद्धबिहार लगायत पर्यटकीयस्थल लुम्बिनीको भ्रमण गरेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा दुई छिमेकी देश चीन र भारतका कूटनीज्ञ टोलीका पाहुनाहरु लुम्बिनीको एकै दिन भ्रमण गर्दा लुम्बिनीको समग्र बिकासलाई बिशेष महत्वका साथ हेरिएको कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यको भनाई छ । छुट्टाछुट्टै रुपमा दुबै देशको आगन्तुक कूटनीज्ञ टोलीले कोषको आगन्तुक पुस्तिकामा लुम्बिनीको समग्र बिकासबारे चासो समेत देखाएको लिखित प्रतिबद्धता जनाएको सूचना शाखाले जनाएको छ ।

प्रकाशित मिति: Jul 29, 2017

प्रतिक्रिया दिनुहोस्