Logo
२ जेष्ठ २०८१, बुधबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी फोरम नेपालको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं : संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । काठमाडौंको सिनामंगलमा आह्वान गरिएको तीनदिने बैठकमा वर्तमान राजनीतिक अवस्थादेखि पार्टीको आन्तरिक सांगठनिक स्वरुपसम्म छलफल हुने फोरम नेपालकी राजनीतिक समिति सदस्य रेखा यादवले जानकारी दिएकी छन् ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको सम्पन्न निर्वाचनमा पार्टीको भूमिका, अवस्था र निर्वाचन परिणामबारे समीक्षा एवं छलफल हुनेछ । यसैगरी, स्थानीय तहको तेस्रो चरण अन्तर्गत आगामी असोजमा हुने दुई नम्बर प्रदेशको चुनावका लागि नयाँ रणनीति बैठकले तय गर्ने फोरम नेपालकी नेतृ यादवले बताइन् ।

यसअघि विभिन्न पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका नेता तथा फोरम नेपालसँग एकीकरण गरेका दलीय नेतृत्वलाई दिइएको पदीय भूमिकालाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ । यसैगरी, संघीयता, गणतन्त्र र परिवर्तनका लागि विभिन्न समयमा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै मुलुकमा एउटा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने दिशातर्फ अग्रसर रहेको फोरम नेपालले यसबीच नयाँ शक्ति पार्टीसँग जारी राखेको पार्टी एकीकरणको एजेन्डाको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: Jul 26, 2017

प्रतिक्रिया दिनुहोस्