Logo
५ जेष्ठ २०८१, शनिबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बरियता बराबर : विवेकशील-साझा पार्टीको ५१ सदस्यीय समिति 

काठमाडौं । आज विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच दिउँसो पार्टी एकताको घोषणा हुँदैछ । एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व रहने बताइएको छ । उनीहरुको अधिकार र बरियता समान रहने स्रोतले बतायो । उनीहरुको पदको नाम के राख्ने भन्नेमा छलफल जारी छ ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी (वा दल) रहन सक्ने स्रोतले बतायो । यसको विकल्पमा ‘साझा विवेकशील पार्टी (वा दल) पनि प्रस्ताव भएको स्रोतको भनाई छ । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय बनाउने सहमति भएको छ ।

केन्द्रीय समितिमा अहिले दुवै पार्टीबाट १७÷१७ जना राख्ने र पछि थप १७ जना मनोनित गरिनेछ । वैचारिक र सैद्धान्तिक विषयहरु भने सबैजसो मिलिसकेका छन् । पहिले साझा पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र त्यसपछि औपचारिक एकता गर्ने सहमति छ ।

जतिसक्दो चाँडो महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी बनिसकेको छ । पहिलो चरणको स्थानीय चुनावमा साझा पार्टी र विवेकशील नेपालीले काठमाडौं उपत्यकामा राम्रो मत पाएका थिए । तर, दोस्रो चरणको चुनावमा काठमाडौं बाहिर उनीहरुले झनो मत पाएका थिए ।

प्रकाशित मिति: Jul 26, 2017

प्रतिक्रिया दिनुहोस्