Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशिएका श्रीमानका श्रीमती शहर हुदै अदालततिर पसेपछि….

आर्थिक वर्ष २०७३-७४ मा पाल्पा जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा परेका छन् । १ सय २० थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामध्ये ९२ थान मुद्दा फैसला भएका र २८ वटा मुद्दाको फैसला हुन बाँकी रहेको सो अदालतले जानकारी दिएको छ । गत आवमा फैसला भएका धेरै मुद्दा सम्बन्ध विच्छेदको रहेको र र अन्यायमा परेको भन्दै उजुरी दिन पनि महिला नै आउने गरेको न्यायाधीश भरतमणि खनाललाई उद्धृत गर्दै जनाइएको छ ।

अधिकांश सम्बन्धविच्छेदका मुद्दा वैदेशिक रोजगारमा गएका श्रीमान र शहर–बजारमा बसेकी श्रीमतीबीचको आउने गरेको र तीमध्ये ३१ थान मुद्दामा मेलमिलाप गराई पठाइएको छ । विशेषगरी १८ देखि २५ वर्ष उमेर समूहका युवा–युवती सम्बन्ध विच्छेद गर्न पुग्ने गरेका छन् । सानो उमेरमा प्रेम विवाह गर्ने र उनीहरुबीच विभिन्न घरायसी समस्याले विवाद उत्पन्न भएपछि सम्बन्ध विच्छेद गर्न अग्रसर हुने अदालतसम्बद्ध कर्मचारीको कथन छ ।

यसबाहेक अन्तरजातीय विवाह पनि सम्बन्ध विच्छेदको कारण बनेको छ भने सम्बन्ध विच्छेदको अर्को दह्रो कारण वैदेशिक रोजगार पनि रहेको छ । घर गृहस्थी चलाउन भन्दै श्रीमान् विदेश जाने र श्रीमती छोराछोरी पढाउने वा आफूले केही सीप सिक्ने बहानामा शहरमा पस्ने प्रवृत्तिले सम्बन्ध विच्छेदलाई मलजल गरिरहेको छ ।

ज्ञात रहोस्, अदालतमा वैतनिक वकिलको व्यवस्था रहेको र ती वकिलले अन्यायमा परेका गरिब, विपन्न, साहाराविहीनको मुद्दामा निःशुल्क बहस–पैरवी गरिदिन्छन् । विभिन्न ४० प्रकारका निवेदन अदालतमै निःशुल्क लेखिदिने व्यवस्था पनि पाल्पा जिल्ला अदालतमा रहेको छ ।

प्रकाशित मिति: Jul 19, 2017

प्रतिक्रिया दिनुहोस्