Logo
९ असार २०८१, शनिबार
(July 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अंगीकृतलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा छैन

वीरगञ्ज, १ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन् ।

वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पारे । यद्यपि वैवाहिक अंगीकृत नागरिकता लिएकी महिलाले श्रीमानसरह अधिकार पाउनुपर्ने उनले बताए ।

नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन राजपा तयार रहेको भन्दै निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे । निर्वाचनमा दल दर्ता गरिए पनि मधेसका माग सम्बोधन नभएसम्म राजपा चुनावमा नजाने उनले स्पष्ट पारे । रासस

प्रकाशित मिति: Jul 16, 2017

प्रतिक्रिया दिनुहोस्