Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरबाट एमाले निकट मधेशी बुद्धिजीवीसँग काठमाण्डौंमा ओलीको अन्तरक्रिया

काठमाडौँ, असार ३० :  राजबिराज घटनापछि मधेश नछिरेका एमाले अध्यक्ष केपि शर्मा ओलीले जनकपुरबाट एमाले निकट मधेशी बुद्धिजिवि बोलाइ काठमाण्डौमै अन्तरकृया गरेका छन । दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय चुनावको लागि दुई महिना बाँकी रहँदा सबै दलको ध्यान त्यतातिर गएको छ । एक नम्बरको दल बन्न सबैले आ–आफ्नो तयारीमा लागेका छन् । हालसम्म सम्पन्न भएको दुई चरणको स्थानीय तहको चुनावमा एक नम्बरको पार्टीको रुपमा कायम रहेका एमालेले दुई नम्बर प्रदेशमा पनि एक नम्बर बन्नका लागि विशेष तयारी शुरु गरेको छ । अरु दलभन्दा एमालेले मधेशमा पस्नका लागि विभिन्न गतिविधिहरु शुरु गर्नुको साथै पूरै पार्टीलाई मधेश केन्द्रीत बनाएको छ ।

विगत तीन वर्षदेखि बिग्रिएको मधेशसँगको सम्बन्धलाई सुधार गर्नका लागि एमालेले विभिन्न सुत्रहरु प्रयोग गरिरहेका छन् । दुई नम्बर प्रदेशमा एमालेको जुन प्रकारको विरोध छ, त्यसलाई सुधार नगरे चुनावमा गाह्रो हुने देखिएको छ । त्यसलाई मध्यनजर गर्दै एमालेले संवाद र छलफलका लागि हात बढाएको छ । जसको एक कडीको रुपमा पार्टीले बिहिवार एउटा वृहत अन्तरक्रिया कार्यक्रम नै आयोजना गरे । तराई मधेशका बुद्धिजिवीहरुसँग अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष अन्तरक्रिया नाम दिएको सो कार्यक्रम भूमिजा मानव अधिकार संगठनले आयोजना गरेको थियो । स्वतन्त्र संगठनले स्वतन्त्र ढंगबाट आयोजना गरेको कार्यक्रम भनिए पनि त्यो पार्टीकै आयोजनामा भएको कार्यक्रम थियो । संगठनका अध्यक्ष विजय दत्त स्वयं एमालेका कार्यकर्ता हुन् ।

संगठनका एक सदस्यले भने, ‘एमाले पार्टीकै सहयोगमा यो कार्यक्रमको डिजाइन भएको हो ।’ कार्यक्रमको यस्तो रिकाले डिजनाइन गरेको थियो कि अध्यक्ष अ‍ोलीलाई एमाले निकटका बुद्धिजिवीहरुले बढी प्रश्न गरेका थिए । सोही कार्यक्रममा भाग लिनका लागि उनीहरुलाई जनकपुरबाट काठमाडौ ल्याएको थियो । प्रमेश्वर कापड, उनी मैथिली भाषाका प्रोफेसर हुन्, कार्यक्रममा ओलीलाई मैथिली भाषामा नै प्रश्न गरेका थिए । त्यो पनि ओलीलाई नै सहयोग हुने खालको । उनी एमाले निकट बुद्धिजिवी भएका कारणले त्यसरी प्रश्न गरेको कार्यक्रममा सहभागिबीच चर्चा थियो ।

उनले मधेशवादी दलले मधेशमा हत्या हिंसाको शृङ्खला शुरु गरेको भनि आरोप लगाए । उनले मिथिला राज्यको माग गर्दै जनकपुरमा आन्दोलन गर्दा बम पड्काउनमा मधेशवादी दलकै हात रहेको आशय व्यक्त गर्दै ती दलहरुले गौर काण्ड, सप्तरी काण्ड, टिकापुरजस्ता कण्डहरु गरेर हत्याहिंसा गराएको आरोप लगाएका थिए । आलीले पनि जवाफ दिनेबेलामा मैथिलीको अभिव्यक्तिलाई समर्थन गर्दै बम बर्साउनेले हिन्दीको वकालत गर्ने काम मधेशवादी दलबाट भइरहेको आरोप लगाएका थिए । रामसागर पण्डित पनि जनकपुरका प्रोफेसर हुन् । एमालेका कार्यकर्ता रहेका पण्डित यही कार्यक्रममा भाग लिनका लागि जनकपुरबाट आएका थिए । उनले पनि ओलीलाई सहयोग पुग्ने खालको प्रश्न गरेका थिए ।

कार्यक्रममा सहभागि हुन गएका सर्वोच्च अदालतका अभिवक्ता सुरेन्द्र महतोले अध्यक्ष ओलीलाई सविधान संशोधनको विषयमा प्रश्न गर्न लाग्दा एमालेका कार्यकर्ताहरु हल्ला गरेका थिए । एकजनाले त महतोलाई कस्तो प्रश्न गरेको भन्दै झपारेका थिए । उनले प्रश्न सोध्न छाडेर बस्न खोज्दा ओलीले नै के प्रश्न छ पूरै भन्नुस् भनेपछि मात्र महतोले प्रश्न गर्न पाएका थिए । ओलीलाई उनले भनेका थिए, ‘तपाई जनकपुर आउन किन डराउनु भएको, तपाई जनकपुर आउनुस्, त्यहाँ जनताले स्वागत गर्न तयार छ ।’ ओलीलाई महान नेताको उपमा पनि उनले त्यसैबेला दिए । ठूलो दिल भएको नेता भनेका थिए ।

संगठनका अध्यक्ष विजय दत्त पनि जनकपुरकै भएका हुनाले एमाले निकट बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरुलाई जनकपुरबाट नै ल्याएका थिए । एमाले निकट बुद्धिजिवीहरुले अ‍ोलीलाई जति समय लिएर प्रश्न गरेपनि आयोजकले कुनै आपत्ति जनाएका थिएनन् । तर, अध्यक्ष अ‍ोलीको विरोध हुने खालको प्रश्न अन्य व्यक्तिहरुले सोधे आयोजकहरुले पुरै प्रश्न गर्न नदिएर बीचैमा बसाउन लगाउँथे ।

कार्यक्रममा सहभागि हुन गएका सर्वोच्च अदालतका अभिवक्ता सुरेन्द्र महतोले अध्यक्ष ओलीलाई सविधान संशोधनको विषयमा प्रश्न गर्न लाग्दा एमालेका कार्यकर्ताहरु हल्ला गरेका थिए । एकजनाले त महतोलाई कस्तो प्रश्न गरेको भन्दै झपारेका थिए । उनले प्रश्न सोध्न छाडेर बस्न खोज्दा ओलीले नै के प्रश्न छ पूरै भन्नुस् भनेपछि मात्र महतोले प्रश्न गर्न पाएका थिए । उनी मात्र होइन, वरिष्ठ पत्रकार सुकेश्वर पाठक र वीरेन्द्र केएमले प्रश्न गर्न लाग्दा उनलाई पनि बीचैमा बस्न लगाइएको थिए । महिला पत्रकार वीणा सिन्हाले हिन्दी भाषा सम्बन्धि प्रश्न गर्न लाग्दा पुरै सोध्न नपाउँदै बीचैमा आयोजकले प्रश्न छोट्याउन लगाएका थिए ।

कार्यक्रममा सहभागि भएका कुन व्यक्तिले के प्रश्न गर्छन् भन्ने कुरा आयोजकलाई राम्रोसँग थाह थियो । ओलीको विरुद्धमा प्रश्न आउँछ भनेर थाह पाएर ओयोजकले बिचैमा अलि छोट्याउनु होला भनि भन्दिन्थे तर आयोजकले विशेष रुपमा बोलाएका एमाले निकट बुद्धिजिवीहरुलाई पुरा समय प्रश्न गर्न दियो जसमा ओलीको प्रशंसा मात्र हुन्थ्यो ।  भन्दै रातोपाटीमा उल्लेख छ ।

कार्यक्रममा मधेशसँग सम्बन्धित दस्तावेजहरु दिएर सहयोग गरेका मधेशवाणीका सम्पादक राजेश अहिराजको पनि उपस्थिति थियो । तर उनले कुनै प्रश्न गरेका थिए । एमाले निकट कलाकार एवं बुद्धिजिवी रमेश रन्जनको पनि उपस्थिति थियो तर उनले कुनै प्रश्न गरेका थिएनन् । जबकि यो कार्यक्रम डिजाइनमा उनको मुख्य भूमिका थियो ।

प्रकाशित मिति: Jul 14, 2017

प्रतिक्रिया दिनुहोस्