Logo
७ जेष्ठ २०८१, सोमबार
(July 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूतसँग राजपाका नेताको खासखुस यस्तो !

काठमाडौं, २२ असार । नेपालको राजनीतिमा भारतले हस्तक्षेप गर्यो भन्ने धेरै सुनिन्छ । प्रधानमन्त्रीदेखि दलका नेताहरु भारतभक्ती भए भन्ने आरोपका बिच हालै गठनभएको राष्ट्रिय जनता पार्टीले भारतीय राजदूतसँग हिमचिम हिजआज निकै बढाउन थालेका छन् । आखिर किन ?

के उनीहरु भारतभक्ती नै बन्न खोजेका हुन त ? यसले शंका उब्जाएको छ । प्रधानमन्त्री बन्नु अघि शेरबहादुर देउवाले पूर्वप्रतिबद्धता अनुरूप आफ्ना माग पूरा गर्न संविधान संशोधनतर्फ अगाडि नबढेको आन्तरिक विश्लेषणका साथ सरकारबाट समर्थन फिर्ता लिन तम्सेको राष्ट्रिय जनता पार्टी (राजपा) को जोशमा फेरि एक पटक ब्रेक लागेको देखिन्छ ।

राजपाका अध्यक्ष महन्थ ठाकुरलगायत पाँच वरिष्ठ नेता भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग हालै उनकै निवासमा करिब एक घन्टा लामो बैठक गरे । त्यसपछि राजपाका नेता केही पछाडि सरेका स्रोत बताउछ ।

राजदूतसँगको भेटपछि उनीहरूको आक्रोश र धम्कीको अभिव्यक्तिमा समेत संयमता देखिन्छ । राजदूतसँग भेटेका राजपा नेताहरूले नाम उल्लेख नगर्ने सर्तमा राजदूत पुरीले प्रधानमन्त्री देउवालाई दिएको समर्थन फिर्ता नलिनुहोस भनेको बताए ।

हालै भएको भेटमा राजपा अध्यक्ष ठाकुरसहित अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । यसरी राजपाका नेताहरुले भारतभक्ती देखाएको जस्तै देखिन्छ ।

प्रकाशित मिति: Jul 6, 2017

प्रतिक्रिया दिनुहोस्