Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा ‘राजपा’का नेताको जित

काठमाडौं, २२ असार । लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा ‘राजपा’का नेताले जितका छन् । विश्वसम्पदा सूचिमा सूचिकृत सो नगरपालिकामा ‘राजपा’का उम्मेदवार (शंख चुनाव चिन्ह) विजयी भएका हुन ।

स्वतन्त्र उम्मेदवारी दिएका ‘राजपा’का मनमोहन चौधरी (कन्हैयाबावु) ले ८ हजार १७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् । उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मतका साथ विजयी भएकी छन् ।

प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गरेकी छन् । लुम्बिनी सांस्कृतिक नगर रुपन्देहीको बुटवल र सिद्धार्थनगर नगरपालिका पछिको मुख्य नगरी समेत हो ।

प्रकाशित मिति: Jul 6, 2017

प्रतिक्रिया दिनुहोस्