Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावीले झड्काले तराई केन्द्रित दलको घुर्की कमजोर 

काठमाडौं, २१ असार । संविधान नबन्दैबाट आन्दोलनमा होमिएका मधेशवादी दल यतिबेला कमजोर जस्तै बन्दै गएका छन् ।

सुरुमा गठबन्धन बनाएर आन्दोलनमा गएपनि सरकारले स्थानीय तहको चुनाव घोषणा गरेसँगै उनीहरुमा विवाद उब्जियो । कोही चुनावी पक्षमा देखिए त कोही चुनाव विरोधी ।

चुनावले गठबन्धनलाई फुटको संघारमा पु-यायो । अन्तिमा राष्ट्रिय जनता पार्टी मात्रै चुनाव बाहिर रह्यो । तर यतिबेला राजपा समेत दल दर्ताको प्रक्रिया सुरु गरेको छ । गत बैशाख ७ गते ६ वटा दल मिलेर एकीकृत भएको राजपा अहिलेसम्म संविधान संशोधनलाई नै ’इस्यू’ बनाएर दल दर्ता नगरी बसिरहेको थियो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने र आन्दोलनका लागि मधेस झर्ने प्रस्ताव पार्टी बैठकमा आएको थियो । तर, बैठक रोकेर अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री भेट्न पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटपछि राजपा चुनावी तयारीमा जुट्न दल दर्तामा जान लागेको हो ।

नेताहरुका अनुसार प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक भएकै कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा राजपा नपुगेको बताए । नेताहरुका अनुसार आजै दलका दोस्रो÷तेस्रो तहका नेताहरुसहितको बैठक बोलाइएको छ । बैठकपछि दलको विधानलाई अन्तिम रुप दिएर निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाइने जनाइएको छ ।

विधान मस्यौदा निर्माणका लागि तमलोपाले एकतासँगै छ सदस्यीय समितिलाई जिम्मा दिएको थियो। विधानको मस्यौदा राजपा नेताहरु वृषेशचन्द्र लाल, लक्ष्मणलाल कर्णलगायतले पारेका हुन्। विधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा अध्यक्ष मण्डलका नेताहरुले धेरैपटक छलफल गरी अन्तिम रुप दिएका छन् ।

बैठकमा नेताहरुले विधानमा हस्ताक्षर गरेपछि आयोगमा दर्ताका लागि जाने टिम आजै निर्वाचन आयोग पुगेर दर्ता प्रक्रिया अघि बढाउने छ ।

राजपा दल दर्तामा गएसँगै तेस्रो चरणका लागि आगामी असोज २ गते तोकिएको स्थानीय तह निर्वाचनको माहोल फरक बन्ने भएको छ । यसरी चुनावले आन्दोलनको घुर्की दिने दललाई ठिक ठाउँमा ल्याएको छ भने तराईका जनताले चुनाव चाहेको प्रष्ट भएको छ ।

प्रकाशित मिति: Jul 5, 2017

प्रतिक्रिया दिनुहोस्