Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई मानवअधिकार परिषद्‌मा अष्ट्रेलिया र अल्जेरियाले सघाउने

फाइल फोटो

काठमाडौ: अष्ट्रेलिया र अल्जिेरियाले नेपाललाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्य पदमा समर्थन गर्ने आश्वासन दिएका छन् । जेनेभा र न्यूयोर्कस्थित नेपाली नियोगले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य जित्न बिशेष पहल गरेका छन् । यसले नेपाललाई फाइदा पुग्छ । नेपालले यसपटक परिषद् सदस्य जित्नेमा हामी ढुक्क जस्तै छौँ’ मन्त्रालयका एक अधिकारीले भने ।

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुशार आउंदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को चुनावमा नेपाललाई जिताउन सहयोग गर्ने आश्वास यी दुई मुलुकले दिएका हुन् । नेपालले सन् २०१८ देखि २०२० का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्य पदमा उम्मेद्वारी दिएको छ ।

एसियाली मुलुक फिजीले हालै मानवअधिकार परिषद्को अस्थायी सदस्य पदमा दिएको आफ्नो उम्मेद्वारी फिर्ता लिएको थियो । ‘फिजीले परिषद्को सदस्य पदमा दिएको उम्मेद्वारी फिर्ता लिएको छ।  परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य जित्न कुटनीतिक लविङ् तिव्र पारेको छ ।

उपप्रधान तथा पराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग शुक्रबार भएको भेटमा नेपालका लागि अल्जिरियाका गैरआवासीय राजदूत हम्जा याहिया चेरिफले मानवअधिकार सदस्य पदमा नेपाललाई समर्थन गर्ने आस्वासन दिनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: Jun 23, 2017

प्रतिक्रिया दिनुहोस्