Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफना नेता, कार्यकर्तालाई धरपकड रोक्न प्रधानमन्त्रीसँग राजपाको माग

काठमाडौं, असार ७ : राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भेटी मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि भइरहेको भनिएको आक्रमण तथा धरपकड रोक्न आग्रह गरेको छ । राजपाका अध्यक्ष महन्थ ठाकुर र नेता अनिलकुमार झाले सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसँग भेटी नवलपरासी, सुनसरी र कपिलवस्तुलगायत जिल्लामा आफ्ना नेता तथा कार्यक्रर्तामाथि आक्रमण भएकामा आपत्तिसमेत व्यक्त गरे ।

‘दोस्रो चरणको मनोनयन दर्तासँगै केही जिल्लामा हाम्रा नेता तथा कार्यकर्तामाथि आक्रमण भएको छ, सुरक्षा व्यवस्था कडा बनाउने नाममा तराईका जिल्लामा मान्छे घर बाहिर निस्कन नसक्ने गरी त्रसित बनाइएको छ, हामीले त्यसो नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ’, नेता ले भने । नेता झाले आफ्ना कार्यकर्तामाथि झुटा मुद्दा लगाएको भन्दै तत्काल फिर्ता लिन पनि आग्रह गरे ।

राजपाका नेता पक्राउ
राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्षसहित ६ नेतालाई प्रहरीले बिहीबार सदरमुकाम परासीबाट पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, जिल्ला संयोजक पुरन चौधरी र नेताहरु राधेरामण पाण्डे, विजय अग्रहरी, ओमप्रकाश चौधरी अभिमन्यू यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

निर्वाचन गतिविधिमा असर पर्ने क्रियाकलाप गरेको आरोप लगाउँदै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले शनिबार पनि राजपाका २५ भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरी सोमबार छाडेको थियो । राजपाले आफ्नो पकड मानिने क्षेत्रमा कालोझण्डा घर घरमा राखेर विरोध जनाउँदै आएको छ ।

प्रकाशित मिति: Jun 22, 2017

प्रतिक्रिया दिनुहोस्