Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवालाई भेटेर महन्थ ठाकुरले दिए चेतावनी

काठमाडौं, असार ७ :  आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले चुनावको नाममा मधेशलाई आतंकित बनाएको आरोप लगाएको छ । चुनावको नाममा परिचालन गरिएका सुरक्षाकर्मीहरुले मधेशलाई आतंकित तुल्याएकाले त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरिएको राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिल झाले जानकारी दिए ।

महन्त ठाकुरलगायतका नेताहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी चुनावको शान्ति सुरक्षाकालागि खटिएका सुरक्षाकर्मीहरुले पूरै मधेशलाई आतंकित तुल्याएको आरोप लगाउँदै तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन । उनले आफूहरुको आन्दोलन शान्तिपूर्ण र अहिंस्रक हुँदाहुँदै पनि सरकारले त्यसलाई बल प्रयोग गरेको भन्दै आपत्ति पनि जनाए ।  यता, प्रधानमन्त्री देउवाले चुनावलाई ध्यानमा राखेर मात्रै सेनासहितको सुरक्षाकर्मी परिचालन गर्नु परेको बताएका थिए ।

राष्ट्रिय जनता पार्टी, नेपालले चुनावै हुन नदिने चेतावनीसहितको आन्दोलनको कार्यक्रम जारी राखेपछि सरकारले शान्ति सुरक्षा कायम गर्न मधेशका जिल्लाहरुमा सुरक्षाकर्मीहरुको व्यापक परिचालन गरेको छ ।  मधेशका विभिन्न भागमा चुनावी कार्यक्रम बिथोल्न गएका राष्ट्रिय जनता पार्टी, नेपालका कार्यकर्ता र सुरक्षाकर्मीबीच झड्प हुँदा केही गम्भिर घाइते समेत भएका छन ।

राष्ट्रिय जनता पार्टी, नेपालले आन्दोलनका क्रममा घाइते भएका आफना कार्यकर्ताको तत्काल उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति: Jun 21, 2017

प्रतिक्रिया दिनुहोस्