Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीद्धारा नवलपरासीबाट ३० जना राजपाका कार्यकर्तालाई पक्राउ

परासी : नेपाल प्रहरीले नवलपरासीबाट राजपाको जिल्ला संयोजक पुरन चौधरीसहित विभिन्न ३० जना कार्यकर्र्ता पक्राउ गरेको छ । प्रहरीले गएराती राजपा नवलपरासीका संयोजक र शिर्ष नेतासहित विभिन्न ३० अगुवा कार्यकर्र्ता पक्राउ गरेको हो । उनीहरुलाई सुनवल र बर्दघाट ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।

शनिवार दिउँसो परासीमा राजपाद्धारा आयोजित विरोध सभा चल्दै थियो । राजपाका कार्यकर्ताले एमालको टिर्सट जलाउने क्रममा प्रंहरी र कार्यकर्तावीच झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले करिब १ दर्जन आश्रु ग्यास र अनुमानित ५ राउण्ड रबर गोली फायर गरेको थियो जुन गोली लागेर जिल्लाका ४ जना कार्यकर्ताहरु घाईते भएका छन् ।

हिजो एक घण्टा तनाव ग्रस्त बनेको सदरमुकाम परासीको अवस्था सहज हुदै गएपछि प्रहरीले ति नेता एवं कार्यकर्ताहरुलाई धरपकड गर्न सुरु गरेको थियो । आज उम्मेदवारको े मनोनयन गर्ने दिन हो । मनोनयन दर्ता कार्यक्रम बिथोल्न राजपाको योजना रहेपछि प्रहरीले ति नेता एवं कार्यकर्ताहरुलाई पहिलै नै पक्राउ गरेको हो आज परासी क्षेत्र पुर्ण रुपमा बन्द छ ।

प्रकाशित मिति: Jun 18, 2017

प्रतिक्रिया दिनुहोस्