Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोको आरोप -‘सरकारको क्रियाकलाप शाहीकालको जस्तो’

भैरहवा, ४ आषाढ़ । राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले अहिले देउवा सरकारको क्रियाकलापले शाहीकालको झझल्को दिरहेको आरोप लगाउनुभएको छ । आईतवार बिहानै भैरहवामा संचारकर्मीहरूसँग कुरा गर्दै महतोले ‘अहिले देउवा सरकारले मधेशीको माँग पूरा गरी चुनाव गराउनुको साटो मधेश भरी राजपा नेता कार्यकर्ता माथि दमन गर्नुको साथै अमानवीय ब्यवहार गर्दै नियन्त्रणमा लिईरहेको’ आरोप लगाउनुभयो। देउवाले २०५२ सालमा माओवादीलाई लत्याए देशले ठूलो क्षती ब्यहोरेको र फेरी मधेशीलाई लत्याएर ठूलो ग़लती गरिरहेको र यसको ठूलो मुल्य देशले चुकाउनुपर्ने चेतावनी समेत महतोले दिनुभयो ।

महतोले, बिगतमा पनि शाहीकालमा राजाले नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर चुनाव गराएको र त्यसको कुनै अर्थ नरहेको जस्तै देउवा सरकारले गराएको चुनावको पनि कुनै अर्थ नरहने बताउनुभयो। महतोले हिजो मात्र नवलपरासीमा शान्तिपूर्ण बिरोध सभा भईरको स्थानमा आँशु ग्यासको साथै गोलि प्रहार गरेर सरकारले क्रूरताको सबै सीमा नाघेको आरोप लगाउनुभयो ।

महतोले ‘शान्तिपूर्ण रुपमा भइरहेको विरोध सभामा राज्यले भिजलान्ते प्रयोग गरी भड्काउने, दंगा गराउने र शिर्ष मधेशी नेताहरूको हत्याको प्रयास राज्य पक्षबाट भएको’ आरोप समेत लगाउनुभयो । महतोले ‘संबैधानिक दायरा भित्र बसेर आन्दोलन गरिरहेका मधेशीहरू माथि सरकारले अमानवीय, अलोकतान्त्रीक ब्यवहार गर्दै मधेशीहरूलाई संबैधानिक दायरा बाहिर गएर आन्दोलन गर्न बाध्य पारिरहेको’ आरोप समेत लगाउनुभयो ।

प्रकाशित मिति: Jun 18, 2017

प्रतिक्रिया दिनुहोस्