Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली विषयमा विद्यार्थी सबैभन्दा कमजोर, त्यसपछि सामाजिकमा

काठमाडौं, असार ३ : परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइईको नतिजाअनुसार अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्किएको पाइएको छ ।  ४ लाख ४५ हजार ६ सय ६४ विद्यार्थीले परिक्षा दिएकोमा अनिवार्य विषय ६ वटामध्ये ए प्लस ल्याउने सबैभन्दा कम नेपालीमा छन् ।

नेपालीमा १ सय ८१ जनाले मात्रै ए प्लस अर्थात ९० भन्दा बढी अंक ल्याएका छन् । अंग्रेजीमा ९ हजार ४ सय १० जना, गणितमा २८ हजार १३, विज्ञानमा ७ हजार ५ सय ४४ जनाले ए प्लस ल्याएका छन् । आजको कान्तिपुरमा यो खबर छ ।

नेपालीपछि समाजिक कमजोर देखिएको छ । सामाजिकमा ३ सय ९७ जनाले मात्रै ए प्लस ल्याएका छन् । यो विषयमा डी र ई ल्याउने १ लाख ६ हजार छन् ।

प्रकाशित मिति: Jun 17, 2017

प्रतिक्रिया दिनुहोस्